नेप्से झिनो अङ्कले घट्यो, कारोबार ३ अर्ब ८ करोडमा सीमित

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक झिनो अङ्कले घटेको छ। नेप्से १.६४ अङ्कले घटेर २६२८.३७ बिन्दुमा कायम भएको स्टक एक्सचेन्जले जनाएको छ।
२२५ कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९१ रुपैयाँको कारोबार भएको छ।
सोमबार ४ अर्ब ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
न्यादी हाइड्रोपावर र सामलिङ्ग पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ४.७७ प्रतिशतले घटेको छ।
यस्तै एनआईसी नेपाल, मितेरी डेभलपमेन्ट बैङ्क, बैङ्क अफ काठमान्डु, हिमालयन जनरल इन्स्योरेन्स लगायतको सेयर मूल्य २ प्रतिशत भन्दा धेरैले घटेको छ।
कारोबारमा आएका १३ वटा उपसमूह मध्ये विकास बैङ्क र निर्जीवन बिमा उपसमूहको सूचक सर्वाधिक ०.८३ प्रतिशतले बढेको छ।
उत्पादन तथा प्रशोधन उपसमूहको सूचक भने सर्वाधिक ०.८४ प्रतिशतले घटेको छ।
मंसिर १४, २०७८ मंगलबार १५:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।