सरकारले सम्झौता अनुसारको सुविधा नदिने कम्पनीलाई कालोसूचीमा राख्ने

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा गएका नेपालीलाई सम्झौता अनुसार सेवा सुविधा नदिने कम्पनीहरूलाई कालो सूचीमा राखिने बताएका छन्।
वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूसँग वैदेशिक रोजगारी र पुनः एकीकरणबारे मन्त्रालयमा आज भएको छलफलमा मन्त्री श्रेष्ठले सम्झौताअनुसार सेवा सुविधा नदिने कम्पनीहरूलाई कालो सूचीमा राखिने बताए।
उनले त्यस्ता कम्पनीहरूमा अब नेपाली कामदार नपठाइने प्रतिबद्धता पनि जनाएका छन्।
वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूले कोरोना महामारीका कारण रोजगारी गुमाएर फर्कँदा बाँकी पारिश्रमिक समेत नपाएको गुनासो गरेका थिए। उनीहरूले सम्झौता अनुसार काम र पारिश्रमिक नपाएको, बिरामी हुँदा उपचार नपाएको तथा नेपाल फर्कनुपर्दा चन्दा सङ्कलन गर्नुपरेको बताए।
हातमा सीप नहुँदा विदेशी भूमिमा दुःख पाएको र अन्य देशका श्रमिक सरह सुविधा नपाएको गुनासो पनि गरे।
मंसिर १३, २०७८ सोमबार २०:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।