एक सय रुपैयाँ सस्तियो सुन

एक सय रुपैयाँ सस्तियो सुन

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले सस्तो भएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार तोकिएको छ।

हिजो सुनको मूल्य प्रतितोला ९२ हजार १०० थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० कायम भएको छ।

आज चाँदीको मूल्यमा भने वृद्धि भएको छ। प्रतितोला रु १० ले बढेर आज एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ।

मंसिर १३, २०७८ सोमबार १२:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।