यूएईले हरायो नेपाललाई, विश्वकपको ग्लोबल छनोटमा पुग्ने सपना पूरा भएन

काठमाडौंः नेपाली महिला क्रिकेट टोली यूएईविरुद्धको खेलमा पराजित भएको छ। आज सम्पन्न खेलमा यूएईले नेपाललाई ४८ रनले पराजित गरेको हो।
हारसँगै टी २० महिला विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाली टोली असफल भएको छ। कुल ५ मध्ये ३ खेलमा मात्र जित हासिल गरेको नेपाल १९ ओभर ४ बलमा अलआउट हुन पुगेको हो। नेपाललाई यूएईले १ सय २८ रनको लक्ष्य दिएको थियो।
यता नेपाललाई हराउँदै यूएई भने ग्लोबल छनोटमा पुग्न सफल भएको छ।
मंसिर १२, २०७८ आइतबार १५:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।