इजरायलमा विदेशीलाई प्रवेश निषेध !

यही क्रममा इजरायलले भने विदेशीलाई प्रवेश निषेध गर्ने भएको छ। बीबीसीका अनुसार आज मध्यरातिबाट इजरायलमा विदेशीले प्रवेश गर्न पाउने छैनन्। यो निर्णय आगामी १४ दिनका लागु हुने पनि बताइएको छ।
यस्तै इजरायलीको हकमा भने विदेशबाट आएपछि अनिवार्य क्वारेन्टीन बस्नुपर्ने नियम लागु गरिएको छ। इजरायलमा हालसम्म ओमिक्रोनका एक जना सङ्क्रमित भेटिएका छन्।
हाल विभिन्न देशले दक्षिण अफ्रिका र यसका छिमेकी मुलुकमा भ्रमणमा प्रतिबन्ध लगाइरहँदा इजरायलले भने सम्पूर्ण विदेशीलाई प्रवेश निषेध गर्ने भएको हो।
यता दक्षिण अफ्रिकाले भने नयाँ भेरियन्ट पत्ता लगाएकोमा तारिफको सट्टा सजाय दिइएको भन्दै गुनासो गरिरहेको छ।
मंसिर १२, २०७८ आइतबार ०९:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।