कांग्रेस कपिलवस्तुमा संस्थापनका आचार्यसँग इतर पक्षका अब्दुल खाँ भिड्ने 

कांग्रेस कपिलवस्तुमा संस्थापनका आचार्यसँग इतर पक्षका अब्दुल खाँ भिड्ने 

बुटवल : नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा राजेश आचार्य र अब्दुल कलाम खाले उम्मेदवारी दिएका छन्। आचार्यले संस्थापन र खाँले संस्थापन इतर  पक्षबाट सभापति पदमा उम्मेदवारी दिएका हुन्। 

सभापतिका दाबेदार रामचन्द्र पौडेल पक्षका सृुधाकर पाण्डेयले आचार्यलाई सभापतिमा समर्थन गरेका छन्। आचार्य र कमाल प्यानलसहित चुनावमा लागेका छन्। 

आचार्यलाई संस्थापन पक्षका नेताहरू अभिषेक प्रताप शाह, वीरेन्द्र कनौडिया, दीर्घ नारायण पाण्डेय, दीप कुमार उपाध्याय सहित सुधाकर पाण्डेयले साथ दिएका छन्। 

खालाई वर्तमान पार्टी सभापति सुरेन्द्रराज आचार्य, पार्टीको केन्द्रीय  सदस्य अतहर कमाल मुसलमान, वैकल्पिक केन्द्रीय सदस्य राजेश सिंहको साथ छ। 

आचार्य प्यानलबाट उप सभापतिमा राम आषिस  पाण्डेय, पदम खनाल, सचिवहरूमा सर्जु थारु र माधव पराजुली र सह सचिवमा मोहम्मद बजी अर्सद र राम चरित्र मौर्यले उम्मेदवारी दिएका छन्। 

यस्तै खाको प्यानलबाट उप सभापतिमा हुुमकान्त खनाल र रजत आचार्य, सचिवमा शक्ति सिंह ठकुरी र प्रेम रायमाझी तथा सह सचिवमा बिन बहादुर बन्जाडे र वीरेन्द्र शुक्लले उम्मेदवारी दिएका छन्। 

२ वटा उप सभापतिका लागि ५ जना, २ सचिवका लागि ४ जना र २ सह सचिवका लागि ५ जनाको उम्मेदवारी परेको छ। 

५२ सदस्यीय कार्य समिति चयनका लागि भोलि आइतबार तौलिहवा स्थित बुद्धपद उच्च माविको खेल मैदानमा मतदान हुने केन्द्रीय प्रतिनिधि घनश्याम पन्तले जानकारी दिए। जिल्लामा १ हजार ८१६ मतदाता छन्।

मंसिर ११, २०७८ शनिबार १९:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।