शतक प्रहार गरेपछि रोहित शर्माले नाचेर बधाई दिए श्रेयस अय्यरलाई

शतक प्रहार गरेपछि रोहित शर्माले नाचेर बधाई दिए श्रेयस अय्यरलाई

एजेन्सीः भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान श्रेयस अय्यरले न्युजिल्याण्डविरुद्धको जारी टेस्टमा शतक प्रहार गरेपछि रोहित शर्माले नाचेर बधाई दिएका छन्। श्रेयसले कानपुर टेस्टको दोश्रो दिन १०५ रनको पारी खेलेका थिए।

श्रेयसको शतकपछि रोहितले नाचेर एक भिडियो इन्स्टाग्राममा शेयर गरेका थिए। हाल भिडियो खुवै भाइरल भइरहेको छ। भिडियोमा रोहित शर्मा, श्रेयस अय्यर र शार्दूल ठाकुर 'शहरी बाबु' गीतमा नाचिरहेका हुन्छन्।

श्रेयसको शतक किन पनि खास रह्यो भने यो उनको पहिलो टेस्ट म्याच थियो। र उनले डेब्यू खेलमै शतक प्रहार गरे। र श्रेयस डेब्यूमै शतक प्रहार गर्ने भारतको हालसम्मको १६औं खेलाडी भए।

मंसिर ११, २०७८ शनिबार ०८:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।