ए डिभिजन लिग: च्यासल-एपीएफ, हिमालयन शेर्पा-मनाङ भिड्ने

काठमाडौंः शहीद स्मारक 'ए' डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। आज पहिलो खेलमा च्यासल युथ क्लब र एपीएफ क्लब भिड्नेछन्।
च्यासल र एपीएफबीचको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ। च्यासल पहिलो चरणको १ खेल खेल्दा हारसहित अंकविहीन हुँदै अंकतालिकामा पुछारमा छ। एपीएफले पनि पहिलो चरणमा जित हासिल गर्न सकेको थिएन।
यस्तै आज हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दीबीच पनि खेल हुँदै छ। आज अपराह्न ४:४५ बाट यी दुई टोलीबीचको खेल सुरु हुनेछ। यसअघिको खेलमा मनाङले जित हासिल गरेको थियो।
यता हिमालयन शेर्पाले बराबरी मात्र गरेको थियो।
मंसिर ११, २०७८ शनिबार ०८:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।