भारतको दिल्ली सरकारले निर्माण मजदुरलाई पाँच हजार रुपैयाँ दिने

वायु प्रदूषण न्यूनीकरणका लागि निर्माण कार्य रोक्न निर्देशन दिएपछि काम विहीन भएका मजदुरलाई दिल्ली सरकारले पाँच हजार रुपैयाँ दिने निर्णय गरेको मुख्य मन्त्री अरविन्द केजरीवालले जानकारी दिएका छन्।
कामबाट विमुख भएका मजदुरलाई उनीहरूकै खातामा पैसा पठाइने व्यवस्था भएको मुख्यमन्त्री केजरीवालको भनाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सरकारका कारण कामबाट वञ्चित हुनु परेकोले सामान्य राहत तथा क्षतिपूर्ति स्वरूप उनीहरूलाई रकम दिने निर्णय भएको उनको भनाई छ।
भारतमा बिहीबार पनि वायु प्रदूषणको गुणस्तर नराम्रो अवस्थामा रहेको अधिकारीहरूले जानकारी दिएका छन्।
मंसिर ९, २०७८ बिहीबार २१:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।