सुनको मूल्यमा प्रतितोला १०० ले गिरावट

सुनको मूल्यमा प्रतितोला १०० ले गिरावट

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला १०० रुपैयाँको गिरावट आएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० कायम भएको छ।

यसअघि छापावाल सुन प्रतितोला ९१ हजार ८०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार २०० तोकिएको छ। यसको मूल्य बुधबार प्रतितोला ९१ हजार ३०० थियो।

त्यस्तै चाँदीको मूल्य पाँच रुपैयाँ प्रतितोलाले बढेर एक हजार २३० पुगेको छ।

मंसिर ९, २०७८ बिहीबार ११:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।