सामलिङको शेयर नेप्सेमा सूचीकृत, बिहीबारबाट कारोबार

सामलिङको शेयर नेप्सेमा सूचीकृत, बिहीबारबाट कारोबार

काठमाडौँ : शेयर नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सामलिङ्ग पावर कम्पनी सूचीकृत भएको छ। कम्पनीको ५० लाख कित्ता शेयर नेप्सेमा सूचीकरण भएको हो। कम्पनीको शेयर बिहीबार देखि कारोबारमा आउनेछ ।

कम्पनीले सर्वसाधारणहरूमा वितरण गरेको ७ लाख ३० हजार कित्ता, आयोजना प्रभावित बासिन्दाहरूका लागि निष्कासन गरेको ५ लाख कित्ता र संस्थापकहरूले लगानी गरेको ३७ लाख ७० हजार कित्ता गरी ५० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि न्यूनतम ९८ रुपैयाँ ७७ पैसा देखि २९६ रुपैयाँ ३१ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ।

नेप्सेले कम्पनीको शेयरलाई एसपीसी (SPC) कारोबार सङ्केत प्रदान गरेको छ।

मंसिर ८, २०७८ बुधबार १६:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।