सम्हालिँदै शेयर बजार, बुधवार कारोबार रकममा सामान्य सुधार

काठमाडौँ : लगातार ओरालो लागिरहेको शेयर बजार बुधवार सम्हालिँदै कारोबार रकममा केही सुधार भएको छ। बुधवार दिनभरि कारोबारको उतार चढाव हेर्न लायक भएको थियो। बजार बन्द हुँदा भने १ दशमलव ८२ अङ्कले नेप्से बढेर बन्द भयो।
बुधवार कारोबार रकम ४ अर्ब २१ करोड नाघे पनि क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स सकारात्मक हुन सकेन। ५४ हजार ७ सय ३ कारोबारबाट २ सय २७ कम्पनीका ७४ लाख ४५ हजार २ सय २७ कित्ता शेयर किनबेच भएको थियो।
बैङ्किङ, व्यापार निर्जीवन बिमा कम्पनीहरूको कारोबार मापन गर्ने सबइन्डेक्सहरु घटेर नकारात्मक देखियो। बाँकी इन्डेक्सहरूमा भने सुधार भएको छ।
मंसिर ८, २०७८ बुधबार १६:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।