विश्वकप क्रिकेटको एसिया छनोटमा नेपाली महिला टोलीले भुटानलाई हरायो

पहिलो खेलमा हङकङसँग हारेको नेपालले मंगलबार भएको दोस्रो खेलमा भुटानलाई हराएको हो।
नेपाली महिला टोली पहिलो खेलमा हङकङसँग ६ विकेटबाट पराजित भएको थियो। नेपालले भुटानले दिएको ६२ रनको लक्ष्य ८ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा इन्दु वर्माले अविजित १८ रनको योगदान गरिन भने सीता राना मगरले १७ रन र कप्तान रुबिना क्षेत्रीले १० रन जोडिन्। कविता जोशीले ८ रन बनाइन्।
सीता राना मगरले सर्वाधिक ३ विकेट लिइन्। यो जितसँगै नेपालले २ खेलमा २ अङ्क जोडेको छ। भुटानको पनि २ खेलमा २ अङ्क नै छ। भुटानले पहिलो खेलमा कुवेतलाई ४० रनले हराएको थियो। नेपालले अब छनोट अन्तर्गत तेस्रो खेल बिहीबार कुवेतसँग खेल्नेछ।
मंसिर ७, २०७८ मंगलबार २२:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।