सेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेयर बजार परिसूचक दोहोरो अङ्कले घटेको छ।
नेप्से ३२.२९ अङ्कले घटेर परिसूचक २७३३.१४ बिन्दुमा कायम भएको छ।
२२७ कम्पनीका ७४ लाख ४८ हजार ३६६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७८ रुपैयाँको कारोबार भएको छ।
१३ उपसमूह मध्ये १२ वटा राताम्मे भएका छन्। अन्य उपसमूह १९.९३ अङ्कले बढेको छ।
जीवन बिमा १८९.५२ र विकास बैङ्क उपसमूह ११९.९८ अङ्कले घटेको छ।
मंसिर ७, २०७८ मंगलबार १५:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।