श्रीलंकामा विद्यार्थी सवार डुंगा पल्टिँदा ६ को मृत्यु, ११ घाइते

श्रीलंकामा विद्यार्थी सवार डुंगा पल्टिँदा ६ को मृत्यु, ११ घाइते

एजेन्सीः श्रीलंकामा मङ्गलबार विद्यार्थीहरू सवार डुंगा पल्टिँदा ६ जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा अन्य ११ जना घाइते समेत भएका छन्।

जसमध्ये ४ जना विद्यालयका बालबालिका हुन् भने दुई जना अन्य यात्रु हुन्। 

यस्तै केही बेपत्ता पनि भएका छन्। बेपत्ताको सूचीमा पनि केही विद्यार्थीहरू छन्। घाइते ११ जनालाई नजिकैको राज्य अस्पतालमा भर्ना गरिएको छ।

अत्यधिक यात्रु चापका कारण डुंगा पल्टिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

मंसिर ७, २०७८ मंगलबार १४:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।