बसमा आगो लाग्दा ४६ यात्रुको मृत्यु

बसमा आगो लाग्दा ४६ यात्रुको मृत्यु

एजेन्सीः बुल्गेरियामा एक बसमा आगो लाग्दा बसमा सवार ४६ यात्रुको मृत्यु भएको छ। राजधानी सोफियाबाट दक्षिण पश्चिमको गाउँ बोन्सेकमा यो घटना भएको हो। 

त्यहाँका मन्त्रालयका अधिकारीका अनुसार मृतकमा बालबालिकाहरू पनि रहेका छन्। आगलागीको कारण हालसम्म पत्ता लाग्न सकेको छैन। यस्तै सात जना जलेर घाइते भएकाहरूलाई अस्पताल लगिएको छ। 

आगलागी भएको बस मेसोडेनियामा दर्ता भएको हुँदा मृतकहरू मेसोडेनियन भएको हुन सक्ने अनुमान गरिएको छ। मृतकहरू पूर्णरूपमा जलेको बताइएको छ। 

मंसिर ७, २०७८ मंगलबार १२:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।