तोलामै एक हजार ६०० ले घट्यो सुनको मूल्य

तोलामै एक हजार ६०० ले घट्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० तोकिएको छ।

हिजो सुन प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको थियो। यस्तै महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ८०० मा कारोबार भएको छ। 

त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ।

मंसिर ७, २०७८ मंगलबार ११:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।