ए डिभिजन लिगमा मच्छिन्द्रको विजयी सुरुवात, आर्मी र पुलिस बराबरीमा 

ए डिभिजन लिगमा मच्छिन्द्रको विजयी सुरुवात, आर्मी र पुलिस बराबरीमा 

काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग फुटबलको अघिल्लो सिजनको लिग च्याम्पियन मच्छिन्द्र क्लबले विजयी सुरुवात गरेको छ।

न्यूरोड टिम एनआरटीलाई १२ गोलले हराउँदै मच्छिन्द्रले विजयी सुरुवात गरेको हो। मच्छिन्द्रका लागि खेलको १२ औँ मिनेटमा सुनिल बलले गोल गरे। 

एनआरटीका लागि खेलको ५४ औँ मिनेटमा एरिक विष्टले गोल गर्दै १–१ गोलको बराबरीमा ल्याए। तर मच्छिन्द्रका लागि खेलको ८० औँ मिनेटमा सुनिल बलले नै गोल गरेर अग्रता दोब्बर बनाए। हारपछि एनआरटी अङ्कविहीन भएको छ। मच्छिन्द्रले जितसँगै ३ अङ्क जोडेको छ। 

यस्तै दशरथ रङ्गशालामा भएको दुई विभागीय टिम त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले १–१ गोलको बराबरी खेलेका छन्। आर्मीका लागि खेलको ५१ औँ मिनेटमा सन्तोष हेमरुनले गोल गर्दै अग्रता दिलाएका थिए।

नेपाल पुलिसका लागि खेलको ६१ औ मिनेटमा विवेक बस्नेतले गोल गर्दै आर्मीलाई ११ गोलको बराबरीमा ल्याए। ११ गोलको बराबरी खेलका दुवै टोलीले ११ अङ्क जोडेका छन्। 

मंसिर ६, २०७८ सोमबार २१:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।