साउदी अरेबियामा प्रविधिमा आधारित उद्योगमा पनि नेपाली श्रमिक काम गर्न इच्छुक : श्रममन्त्री 

साउदी अरेबियामा प्रविधिमा आधारित उद्योगमा पनि नेपाली श्रमिक काम गर्न इच्छुक : श्रममन्त्री 

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरेबिया सरकारसँग प्रक्रियामा रहेको द्विपक्षीय श्रम सम्झौतालाई तार्किक निष्कर्षमा पुर्याउन आग्रह गरेका छन्।

साउदी अरेबियाका राजदूत मुसैद वीन सुलेमन अल मार्वानीलाई यसका लागि समन्वय गर्न मन्त्री श्रेष्ठले आग्रह गरेका हुन्। 

राजदूत अल मार्वानीसँग मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले नेपालमा पनि सिप परीक्षण परियोजना कार्यान्वयनका लागि साउदी अरेबिया सरकारसमक्ष आग्रह गरेका श्रममन्त्रीको निजी सचिवालयले जनाएको छ। 

नेपालबाट वैदेशिक रोजगारीमा गएकामध्ये २० प्रतिशत जनशक्ति साउदी अरेबियामा रहेको मन्त्री श्रेष्ठले बताए।

साउदी अरेबियाबाट आर्जन गरेको आर्थिक, सामाजिक र प्राविधिक पुँजीबाट धेरै नेपाली लाभान्वित भएको भन्दै मन्त्री श्रेष्ठले निर्माण, अतिथि सेवा र अन्य सेवाबाहेक प्रविधिमा आधारित उद्योगमा पनि नेपाली श्रमिक काम गर्न इच्छुक रहेको बताए। 

राजदूत अल मार्वानीले द्विपक्षीय श्रम सम्झौता छिटो सम्पन्न गर्न साउदी अरेबिया तयार रहेको बताए। 

मंसिर ६, २०७८ सोमबार २१:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।