आर्मी र प्रहरी बराबरमा रोकिँदा मछिन्द्रले जित निकाल्यो

आर्मी र प्रहरी बराबरमा रोकिँदा मछिन्द्रले जित निकाल्यो

काठमाडौँ : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएका २ खेलमा  विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब बराबरीमा अड्किएका छन्। मच्छिन्द्र क्लबले न्युरोड टिम (एनआरटी)लाई हराएको छ।

प्रतियोगिता दशरथ रङ्गशालामा भइरहे छ। आर्मी र प्रहरी टिमबिचको खेल १-१ मा टुङ्गिँदा मछिन्द्रले एनआरटीलाई २–१  ले पराजित गरेको थियो।  

पहिलो खेलको ५१ औँ मिनेटमा पुलिस क्लबका सन्तोष हेमजनले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। तर १० मिनेटपछि नै आर्मी क्लबका विवेक बस्नेतले  गोल फर्काएर बराबरी गरे।

दोस्रो खेलमा मछिन्द्रका सुनिल बलले दुवै गोल गरेका थिए। उनले खेलको १२ औँ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाए। दोस्रो हाफमा गोल खाएर बराबरी भए पनि सुनिलले नै दोस्रो गोल गरेर टिमलाई जिताए।

जितसँगै मछिन्द्रले तीन अङ्क हासिल गरेको छ।

मंसिर ६, २०७८ सोमबार १९:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।