शौचालयमा लडेर वडा अध्यक्षको मृत्यु

बुटवल : बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्षको मृत्यु भएको छ। सोमबार दिउँसो आफ्नै घरको ट्वाइलेट जाने क्रममा ७३ वर्षीय वडा अध्यक्ष लाल प्रसाद बस्याल लडेर घाइते भएका थिए। उनलाई उपचारका लागि सिद्धबाबा अस्पतालमा लगिए पनि अस्पतालले उनलाई मृत घोषणा गरेका थिए।
गएको स्थानीय तहको निर्वाचनमा विजयी भएपछि उनले सडक, खानेपानी तथा सरसफाइलाई वडाभित्र नमुना काम गरेका थिए। बुटवल उपमहानगरपालिकाले वडा अध्यक्ष बस्यालको मृत्युले एक असल कर्मनिष्ठ जनप्रतिनिधि गुमाएको भन्दै समवेदना व्यक्त गरेको छ।
वडा नं. ३ को कार्यालयले वडा अध्यक्ष बस्यालको निधनपछि ३ दिन राष्ट्रिय झन्डा झुकाउने भएको वडा सदस्य लीला श्रेष्ठले जानकारी दिए।
मंसिर ६, २०७८ सोमबार १९:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।