बैङ्कका कर्मचारीको माग सम्बोधन गर्न श्रम मन्त्रालयले बनायो समिति

कोषमा देखिएको विवाद समाधानका लागि केही बुँदाहरू संशोधन गर्न समिति गठन गरिएको हो। समितिमा सामाजिक सुरक्षा महाशाखाका प्रमुख सुमन घिमिरेको संयोजक छन्। अन्य पाँच जना सदस्य छन्।
समितिले ऐन तथा नियमावलीको अध्ययन तथा विभिन्न ठाउँका रोजगारदाता र श्रमिकहरूको सहभागितामा अन्तरक्रिया गरेर संशोधनको प्रक्रिया अगाडि बढाउने मन्त्रालयले तयारी गरेको छ। समितिले मङ्सिर १२ गते विराटनगर र वीरगन्जमा योगदानकर्ता र रोजगारदातासँग अन्तरक्रिया गर्ने तयारी गरेको छ।
सामाजिक सुरक्षा कोषले कोषमा आबद्ध हुन अनिवार्य गरेपछि विशेष गरेर विभिन्न बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूले विरोध जनाइरहेका छन्। उनीहरू रिट बोकेर अदालतसम्म पुगेका थिए। रिटको अन्तरिम आदेशमा कोषलाई स्वैच्छिक बनाउन भनिएको छ।
हालसम्म कोषमा २ लाख ९४ हजार ५५६ जना योगदानकर्ता र १५ हजार ७५२ रोजगारदाता आबद्ध छन्।
मंसिर ६, २०७८ सोमबार १५:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।