एभरेस्ट ग्याँस संसारको ब्रान्ड एम्बेसडरमा दीपा-दीपक

एभरेस्ट ग्यास संसार नेपालको पुरानो र ठुलो ग्यास उद्योग समूह हो। यस कम्पनीमा एभरेस्ट (काठमाडौँ), त्रिशूल (भैरहवा) ,कामाख्य (सुनसरी), प्रिमा(सुनसरी), साहारा (हेटौडा), सैपाल (कैलाली) र सुगम (धादिङ) ग्यास गरी ७ वटा ग्यास ब्रान्डहरू एउटै छाता मुनि छन्।
३ हजार डिलरहरूको सञ्जाल मार्फत एभरेस्ट ग्यास संसारले देशको कुना–कुनामा सेवा प्रदान गर्दै आएको कम्पनीले बताएको छ।
एभरेस्ट ग्यास संसारका अध्यक्ष शिव प्रसाद घिमिरेले नेपालको ग्यास बजार केही अव्यवस्थित रहेको बताए। कुनै पनि समयमा कुनै पनि सिलिन्डरको उपलब्धता नहुन सक्ने समस्या रहेको बताउँदै उनले उपभोक्ताले एउटा ब्रान्डबाट अर्को ब्रान्डको सिलिन्डर परिवर्तन गर्दा अतिरिक्त शुल्क तिर्नु पर्ने बाध्यता रहेको समेत बताए। त्यसैले एभरेस्ट ग्यास संसार मार्फत ७ वटा ब्रान्डहरूलाई एउटै छानामुनि ल्याएर उपभोक्तालाई केही सहज बनाउने प्रयास गरेको उनले बताए।
मंसिर ६, २०७८ सोमबार १५:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।