बोनस समायोजनपछि इन्भेस्टमेन्टको शेयर मूल्य ४०८

साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ बैङ्कले बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेर नयाँ मूल्य निर्धारण गरेको हो। समायोजनपश्चात् बैङ्कको शेयर मूल्य ४०८ रुपैयाँ ४९ पैसा कायम भएको छ। बैङ्कको शेयर पछिल्लो पटक ४६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
बैङ्कले मङ्सिर १७ गते, दरबारमार्ग, काठमाडौँस्थित आफ्नो केन्द्रीय कार्यालयमा ३५ औँ वार्षिक साधारण सभा राखेको छ। सभाले हाल कायम चुक्ता पुँजीको १२.६१ प्रतिशत बोनस शेयर तथा सोको कर सहित गरी ३.३८९ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
अन्य बैङ्क तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयर धनीहरूको तर्फबाट ४ जना सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।
मंसिर ६, २०७८ सोमबार १५:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।