सिभिल इन्जिनियरिङको विद्यार्थीले एक लाख लगानीमा बनाए विद्युतीय मोटरसाइकल

उनले सोमबार मोटरसाइकल विद्यालय परिसरमा परीक्षण गर्दै प्रदर्शन गरे। अर्घाखाँची सन्धिखर्क नगरपालिका १ मा स्थायी घर भएका सागरले करिब १ लाख १० हजार रुपैयाँ खर्चमा मोटरसाइकल तयार गरेको बताए।
हजुरबुबा मोतीलाल पोख्रेल, बुबा अनन्तमणि पोख्रेल, सागर पोख्रेल, आमा भगवता पोख्रेलको पहिलो अक्षरबाट ‘एमएएसबि’ नामकरण गरेर मोटरसाइकलको नाम राखेको उनले बताए।
मोटरसाइकलमा ब्याट्री लिड एसिड प्रयोग भएको छ। करिब ४८ भोल्ट डिसी पावरको छ। हाल १ सय किलोमिटरसम्म दुरी गुड्न सक्छ भने पिक अप ४० किलोमिटर प्रतिघण्टा रहेको उनले बताए। उनले यसअघि रोबर्ट, एकेसाभेटर, फ्रिज, फोटोकपी मेसिनहरू समेत बनाएका थिए।
विभिन्न मोटरसाइकलका हेडलाईट, टेललाईट, स्प्रिङ लगायत प्रयोग गरी ७ सय ५० वाटको इलेक्ट्रिक मोटर प्रयोग भएको छ। उनी पढाइमा समेत अब्बल रहेको विद्यालयका प्राचार्य प्रेम बहादुर बस्नेतले बताए।
प्रतिभावान् विद्यार्थी पोख्रेललाई विद्यालय व्यवस्थापन समितिले नगद ५१ हजार रुपैयाँबाट सम्मान गरेको थियो। बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले बताइन।
मंसिर ६, २०७८ सोमबार १५:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।