टी२० विश्वकप छनाेट: हङकङसँग ६ विकेटले नेपाल पराजित

टी२० विश्वकप छनाेट: हङकङसँग ६ विकेटले नेपाल पराजित

नेपालले पहिले ब्याटिङ गर्दै १ सय ५ रनको लक्ष्य दिएको थियो। हङकङले उक्त लक्ष्य १८ ओभरमा पूरा गर्दै जित हासिल गरेको हो। 

हङकङको जित मा मारिको हिलले ४४ रनको पारी खेलिन्। नेपालका लागि कविता कुँवर, सबनम राई र सीता राना मगरले एक/एक विकेट हात पारे।

यसअघि नेपालका लागि ब्याटिङतर्फ सीता राना मगरले ४० रन बनाएकी थिइन्। यस्तै इन्दु बर्माले अविजित ३१ रन बनाएकी थिइन्।

मंसिर ६, २०७८ सोमबार १४:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।