प्रतितोला २०० ले बढ्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९०० तोकिएको छ।
आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ७००मा कारोबार भएको थियो। यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४०० कायम भएको छ।
आज चाँदीको मूल्यमा पनि १० रुपैयाँले वृद्धि भएर एक हजार दुई सय ७० पुगेको छ।
मंसिर ६, २०७८ सोमबार ११:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।