अमेरिकाको क्रिसमस परेडमा तीव्र गतिको गाडी छिर्दा २० जना घाइते, केहीको मृत्यु

एजेन्सीः अमेरिकाको विस्कन्सिन राज्यको वकेसा शहरमा भएको क्रिसमस परेडमा तीव्र गतिको गाडी प्रवेश गर्दा कम्तीमा २० जना घाइते भएका छन्। यस्तै सो दुर्घटनामा केहीको मृत्यु भएको पनि बताइएको छ।
हाल उक्त सवारी चालक प्रहरी नियन्त्रणमा रहेको वकेसाका प्रहरी प्रमुख ड्यान थम्पसनले बताएका छन्। उनका अनुसार घाइते २० जनामध्ये अधिकांश बालबालिका रहेका छन्। यस्तै प्रहरीले 'केहीको मृत्यु' भएको पनि बताएको छ। यद्यपि, मृतकका परिवारलाई जानकारी नगराएसम्म मृतकको बारेमा थप नबताइने उनले बताए।
प्रहरी अधिकारीका अनुसार ती सवारी चालकले नियतवश नभई भाग्नेक्रममा तीव्र गतिमा आउँदा दुर्घटना भएको हो।
मंसिर ६, २०७८ सोमबार ११:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।