मत गन्दा कुटिएका कार्यकर्ता भेटे गृहमन्त्रीले

बुटवल : गृहमन्त्री बालकृष्ण खाँणले नेपाली काँग्रेसको दुई समूह बिचको विवादमा आक्रमणमा परि घाइते भएका शैलेश पन्तलाई अस्पतालमा गएर भेट गरेका छन्।
आइतबार गृह जिल्ला रुपन्देही आएका काँग्रेस केन्द्रीय सदस्य समेत रहेका गृहमन्त्री खाँणले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत घाइते पन्तलाई भेटेर स्वास्थ्य लाभको कामना गरे।
भेटका क्रममा मन्त्री खाँणले घाइते पन्तको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए। त्यस क्रममा उपचाररत पन्तले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएका थिए।
उनले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धाको क्रममा आफूमाथि आक्रमण भएको यस्तो प्रवृत्तिको अन्त्य हुने वातावरण निर्माण गरिदिन आग्रह गरेको बिरामीका आफन्तले बताए।
गत शुक्रवार सम्पन्न भएको प्रदेश क्षेत्रीय अधिवेशनको मतदानको मतगणनाको क्रममा दुई पक्ष बिच विवाद हुँदा पन्तमाथि हातपात भएको थियो।
मंसिर ५, २०७८ आइतबार २०:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।