काँग्रेस क्षेत्रीय अधिवेशन : रुपन्देहीमा  गुटगत प्रतिस्पर्धा, क्षेत्र नम्बर ५ मा असन्तुष्टि

काँग्रेस क्षेत्रीय अधिवेशन : रुपन्देहीमा  गुटगत प्रतिस्पर्धा, क्षेत्र नम्बर ५ मा असन्तुष्टि

बुटवल :  नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत सोमबार  रुपन्देहीमा क्षेत्रीय अधिवेशन हुँदै छ। रुपन्देहीमा संस्थापन पक्ष र पौडेलपक्षबीच उम्मेदवार घोषणा गरेर प्रचार सुरु भइसकेको छ।

रुपन्देहीको क्षेत्र नं.१ मा संस्थापन समूहबाट हिरा केसी र इतर समूहबाट विश्वनाथ यादव चुनावी मैदानमा छन्। क्षेत्र नं. २ मा इतर समूहबाट हरि लम्साल र संस्थापन समूहबाट काजिमान श्रेष्ठ उम्मेदवार छन्। यो क्षेत्र पौडेल समूहको बचश्व भएको क्षेत्र हो।

क्षेत्र नं. ३ मा संस्थापन समूहबाट सुशील गुरुङ र इतर समूहबाट मातृका यादव चुनावी मैदानमा छन्। क्षेत्र नं. ४ मा संस्थापन समूहबाट विनोद श्री वास्तव र इतर समूहबाट मुकेश यादव तथा क्षेत्र नं. ५ मा नेता भरत शाहको टिमबाट वसिउल्लाह मुसलमानको नाम टुङ्गो लगाएका छन्। तर नेता साहसँग असन्तुष्ट भएकाहरूले अर्को उम्मेदवारको तयारी गरे पनि नाम टुङ्गो लगाउन सकेको छैनन्।

जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेका अनुसार रुपन्देहीको क्षेत्र नं. १ को खड्ग माध्यमिक विद्यालय देवदहमा केन्द्र तोकिएको छ भने त्यहाँ डा. ओमप्रकाश अर्याललाई प्रमुख मतदान अधिकृत खटाइएको छ। त्यस्तै क्षेत्र नं. २ को लागि बुटवल–५ बाल मन्दिरमा केन्द्र तोकिएको छ भने त्यहाँ टिकाराम शर्मालाई प्रमुख मतदान अधिकृत खटाइएको छ।

क्षेत्र नं. ३ को पार्टी कार्यालय भैरहवामा केन्द्र र जीवनारायण अधिकारीलाई प्रमुख मतदान अधिकृत, क्षेत्र नं. ४ मा मर्चवार आदर्श माध्यमिक विद्यालयमा केन्द्र र अब्दुल रहमान खाँनलाई प्रमुख मतदान अधिकृत तथा क्षेत्र नं. ५ मा सिद्ध लुम्बिनी इङ्लिस बोडिङ् स्कुलमा मतदान केन्द्र तोकिएको छ भने त्यहाँ नुरजंग केसीलाई प्रमुख मतदान अधिकृत तोकिएको छ। 

मंसिर ५, २०७८ आइतबार १७:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।