'सत्यमेव जयते २' सुपर फ्लप हुने समीक्षकको दावी

एजेन्सी : भारतीय फिल्म समीक्षक कमाल राशिद खानले जोन अब्राहम अभिनित फिल्म 'सत्यमेव जयते २' सुपर फ्लप हुने दावी गरेका छन्।
फिल्मलाई पूरै हावादारी भन्दै उनले ट्विटरमा लेखेका छन्, 'सत्यमेव जयते २' बाट सिंगो टिमले कुनै आशा नराखे हुन्छ किनकी यो फिल्म सुपर फ्लप हुने निश्चित छ।'
समीक्षक खानले केवल २२ प्रतिशत दर्शकले मात्रले यो फिल्म हेर्ने इच्छा जाहेर गरेको सर्वेक्षणबाट देखिएको दावी समेत गरेका छन्।
खराब ट्रेलर र गीतले 'सत्यमेव जयते २' लाई नोक्सान पुर्याएको उनको तर्क छ।
फिल्मका नायक जोन अब्राहमले भने फिल्म रिलिज नै नभई आएको खानको यो अभिव्यक्तिमा सत्यता नभएको बताएका छन्।
फिल्म 'सत्यमेव जयते २' २५ नोभेम्बरमा फिल्म हलमा रिलिज हुँदैछ। फिल्ममा जोनका साथै दिव्या खोसला कुमार, राजीव पिल्लई, साहिल वैध तथा अनुप सोनीले मुख्य भूमिका निर्वाह गरेका छन्।
मंसिर ५, २०७८ आइतबार १४:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।