डेढ वर्षपछि बङ्गलादेशमा कोरोनाबाट शून्य मृत्यु

एजेन्सीः बङ्गलादेशमा करिब डेढ वर्षपछि शनिबार पहिलो पटक कोरोनाबाट कुनै पनि नागरिकको मृत्यु भएन। बङ्गलादेशका स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले यस बारे जानकारी दिएका हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसार बङ्गलादेशमा सन् २०२० को अप्रिल ३ पछि पहिलो पटक शनिबार मात्र कोरोनाबाट कसैको मृत्यु नभएको हो। त्यस यता बङ्गलादेशमा कोरोनाबाट मृत्यु नभएको दिन थिएन।
पछिल्लो केही समय यता बङ्गलादेशमा कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी आएको बताइएको छ। मन्त्रालयले अत्याधिक जनसङ्ख्यालाई खोप प्रदान गरेको र स्वास्थ्यका मापदण्ड पालना गरेको भन्दै सङ्क्रमण दर कम भएको जनाएको हो।
मंसिर ५, २०७८ आइतबार ११:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।