ए डिभिजन लिग फुटबलमा थ्री स्टारको विजयी सुरुवात

थ्री स्टारले च्यासल यूथ क्लबलाई ३-० ले पराजित गर्दै लिगमा सुखद सुरुवात गरेको हो। थ्री स्टारका लागि खेलको २२ औँ मिनेटमा निशान खड्काले फ्रिकिकमा गोल गर्दै अग्रता दिलाए ।
पहिलो हाफको अन्तिम मिनेटमा थ्री स्टारका हेमन्त थापामगरले प्रहार गरेको फ्रिकिकलाई राफाएल रिमले हेडरमार्फत गोल गरे। दोस्रो हाफको ५८ औँ मिनेटमा अनन्तले थ्री स्टारलाई १ गोल थपे। यो जितसँगै थ्री स्टार ३ अङ्क जोड्दै लिगको शीर्षस्थानमा उक्लेको छ।
यसअघि शनिबार भएको पहिलो खेलमा हिमालयन शेर्पा र सङ्कटाले १-१ गाेलको बराबरी खेले। सहिद स्मारक ए डिभिजन लिग फुटबलको उद्घाटन खेलमा फ्रेण्ड्स र सातदोबाटोले गोलरहित बराबरी खेलेका थिए।
लिग अन्तर्गत आइतबार हुने पहिलो खेलमा एपिएफ फुटबल क्लब र ब्रिगेड ब्वाइज भिड्नेछन्। दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल यूथ क्लबको सामना गर्नेछ।
मंसिर ४, २०७८ शनिबार २२:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।