भारतको आन्द्र प्रदेशमा बाढी: १७ जनाको मृत्यु, १०० बेपत्ता

एजेन्सीः भारतको अन्द्र प्रदेशमा आएको बाढीमा परी १७ जनाको मृत्यु भएको छ। बाढीले अरू एक सयभन्दा बढीलाई बगाएर बेपत्ता बनाएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन्।
आन्द्रमा निरन्तरको अत्यधिक वर्षाका कारण बाढी ठूलो आएको र धेरै क्षति गरेको छ। बाढीले विषेशगरी आन्द्र प्रदेशका चार जिल्ला चित्तुर, कडपा, कुर्नुल र अनन्तपुरमा बढी असर पारेको छ।
बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी र स्वयमसेवकको टोली खटिएका छन्। राष्ट्रिय प्रकोप व्यवस्थापन फौजको मात्रै सात वटा टोली खटिएको छ।
यस्तै बेपत्ताहरू जीवितै भेटिन सक्ने सम्भावना न्यून रहेको उद्धारकर्ताहरूले बताएका छन्।
मंसिर ४, २०७८ शनिबार १४:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।