खाेप नलगाएका खेलाडीले अष्ट्रेलियन ओपन टेनिस खेल्न नपाउने

खाेप नलगाएका खेलाडीले अष्ट्रेलियन ओपन टेनिस खेल्न नपाउने

एजेन्सीः सन् २०२२ मा आयोजना हुने अष्ट्रेलियन ओपन टेनिसमा खाेप नलगाएका खेलाडीहरूले खेल्न नपाउने भएका छन्। प्रतियाेगिताका निर्देशक क्रेग टाइलीले खाेप नलगाएका खेलाडीहरूलाई खेल्न नदिइने बताएका हुन्।

टेनिस प्रतियाेगिताका साविक विजेता नाेभाक जाेकाेभिकले आफूले खाेप लगाएकाे वा नलगाएकाे विषय सार्वजनिक गर्न नचाहेकाे भन्ने अभिव्यक्ति दिएपछि याे विषय सतहमा आएकाे हाे। यसप्रति निर्देशक टाइलीले भनेका छन्,'नाेभाकलाई थाहा छ कि खेल्नका लागि अनिवार्य खाेप लगाउन जरुरी छ। हामी उनी यहाँ खेलेकाे हेर्न चाहन्छाैं।'

यस्तै पछिल्लाे महिना अष्ट्रेलियाका शीर्ष नेताहरूले पनि यस विषयमा विराेधाभाषपूर्ण अभिव्यक्ति दिएका थिए।

टाइलीका अनुसार प्रतियाेगिता १७ देखि ३० जनवरीसम्म अष्ट्रेलियाकाे मेलवर्नमा हुँदैछ र दर्शकलाई पनि प्रवेश दिइनेछ।

बीबीसीका अनुसार अधिकांश टेनिस खेलाडीहरूले खाेप लगाएका छैनन्। गत अक्टोबर महिनाकाे अन्त्यसम्म पनि अष्ट्रेलियन ओपन टेनिसमा सहभागी हुने केवल ३५ प्रतिशतले मात्र खाेप लगाएका थिए। 

मंसिर ४, २०७८ शनिबार १०:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।