'ए' डिभिजन लिगमा आज दुई खेल हुँदै

'ए' डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडाैंः शहीद स्मारक ए डिभिजन लिगमा आज दुई वटा खेल हुँदैछन्। पहिलाेमा हिमालयन शेर्पा क्लब र संकटा क्लब भिड्नेछन् भने दाेश्राेमा थ्री स्टार र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

हिमालयन शेर्पा र संकटाबीचको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ भने थ्री स्टार र च्यासलबीचकाे खेल अपराह्न ४:४५ बजे सुरु हुनेछ।

हिमालयन शेर्पाकाे कप्तानी विश्वास श्रेष्ठले गरेका छन् भने संकटाको कप्तानी रवि सिलवालले गरेका छन्। यस्तै थ्री स्टार विक्रम लामाको कप्तानीमा मैदानमा उत्रनेछ। यता च्यासलको कप्तानी विराज महर्जनले गर्नेछन्।

मंसिर ४, २०७८ शनिबार ०९:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।