ए डिभिजन लिगको उद्घाटन खेलमा फ्रेण्ड्स र सातदोबाटोको गोलरहित बराबरी

काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा सातदोबाटो यूथ क्लब र फ्रेण्ड्स क्लबले गोल रहित बराबरी खेलेका छन्।
दशरथ रङ्गशालामा भएको खेलमा नवप्रवेशी सातदोबाटोलाई गोलरहित बराबरीमा रोक्दै फ्रेण्ड्स क्लबले बराबरी खेलेको हो।
बराबरी खेलेका दुवै टोलीले समान ११ अङ्क जोडेका छन्। साता दोबाटोका प्रशिक्षक मेघराज केसीले बराबरी खेल्दैमा आत्तिनु नपर्ने बताए। खेलाडीले केही सुधार गरे टिमले राम्रो गर्ने केसीले बताए। उनले खेलमा अझै सुधार गरेर आउने र अर्को पटक राम्रो हुने दाबी गरे।
फ्रेण्ड्स क्लबमा प्रशिक्षक मृगेन्द्र मिश्रले तयारी अनुसार पहिलो हाफमा खेल्न नसके पनि दोस्रो हाफमा राम्रो खेलेको बताए। उनले टिमको कप्तान नहुँदा क्लबलाई घाटा भएको बताए।
शनिबार हुने पहिलो खेलमा हिमालयन शेर्पा र सङ्कटा क्लब दिउँसो १ बजे तथा पौने ५ बजे हुने दोस्रो खेलमा च्यासल यूथ क्लब र थ्रीस्टार क्लब भिड्नेछन्।
लिगको विजेताले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
मंसिर ३, २०७८ शुक्रबार २१:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।