१० खेलाडीमा समेटिदा पनि सातदोबाटोले फ्रेन्ड्सलाई हराउन सकेन

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रवार भएको खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटोले कुनै गोल गर्न सकेनन्।
निर्धारित समय भन्दा ८ मिनेट ढिला सुरु भएको खेलमा सातदोबाटोले लय समाते पनि पाएको मौकामा चुक्दा गोल गर्न सकेन। पहिलो हाफमा रक्षात्मक खेल खेलेको फ्रेन्ड्स दोस्रो हाफमा आक्रामक भए पनि गोल भने गर्न सकेन।
४औँ मिनेटमा सुशील राईको फ्रि-किकमा आकाश बुढामगरले गरेको हेड पोस्टको नजिकैबाट बाहिरियो। ५८ औँ मिनेटमा पुन सातदोबाटोका खेलाडिले पाएको मौकालाई फ्रेन्ड्सका गोलकिपर राहुल रामचन्द्र यादवले असफल बनाइदिए। ६० मिनेटमा फ्रेन्ड्सका जामुल एन्थोनीले पाएको अवसर गोलमा बदल्न सकेनन्।
रोनेल एन्थोनीले खेलमा दोहोरो पहेँलो कार्ड पाउँदा खेलको ७६ औँ मिनेटमा मैदानबाट बाहिरिए। १० खेलाडीमा सीमित फ्रेन्ड्सका खेलाडि दबाबमा आए पनि सातदोबाटोले त्यसको सदुपयोग गर्न सकेन।
खेलमा फ्रेन्ड्सका गोलकिपर राहुल म्यान अफ दि म्याच चुनिए । बराबरीसँगै सातदोबाटो र फ्रेन्ड्सले पहिलो खेलमा १/१ अंक बाँडे।
लिग अन्तर्गत भोलि पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा च्यासल युथ क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ।
मंसिर ३, २०७८ शुक्रबार १९:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।