नेपाल बङ्गलादेश बैङ्कको १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

नेपाल बङ्गलादेश बैङ्कको १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

बैङ्कका अध्यक्ष एआरएम नजसमुस शकिबको अध्यक्षतामा साधारण सभा भएको थियो।

सञ्चालक समितिबाट आएको प्रस्ताव अनुसार आर्थिक वर्ष २०७७/०७८ को मूनाफा रकमबाट २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजीको १२ प्रतिशतका दरले बोनस शेयर तथा ३.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव आएको थियो।

सभा भर्चुअल रूपमा सम्पन्न भएको थियो। सेयर धनीहरूको उपस्थितिमा सम्पन्न निर्वाचनबाट बैङ्कको प्रबन्ध पत्र तथा नियमावली बमोजिम आगामी ४ वर्षे कार्यकालका लागि बैङ्कको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरू र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरू गरी ६ जना सञ्चालकको निर्वाचन गरिएको समेत गरेको छ।

निर्वाचनमा संस्थापक समूहबाट एआरएम नजमुस शकिब, एम शाह आलम सरवर तथा क्यामरुन नहर अहमद निर्वाचित भएका छन्  भने सर्वसाधारण समूहबाट इन्द्रबहादुर थापा, योगिता दाहाल र अमन साह निर्वाचित भएको बैङ्कले जानकारी दिएको छ।

मंसिर ३, २०७८ शुक्रबार १६:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।