घरजग्गाको कारोबारमा शिथिलता

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ।
आर्थिक वर्ष २०७५/७६ लाई आधार वर्षको रूपमा लिई पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण गरिएको राष्ट्र बैङ्कले जनाएको छ।
वाणिज्य बैङ्कहरूबाट प्राप्त तथ्याङ्कका आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत रहेको पाइएको राष्ट्र बैङ्कले जनाएको छ। मालपोत कार्यालयबाट प्राप्त तथ्याङ्कको आधारमा यस्तो मुद्रास्फीति १९.७३ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ।
आर्थिक वर्ष २०७७/०७८ को पहिलो नौ महिनाको घरजग्गाको कारोबारमा केही शिथिलता आएकाले मुद्रास्फीति केही कम भएको राष्ट्र बैङ्कको सर्वेक्षणले देखाएको छ।
मंसिर ३, २०७८ शुक्रबार १५:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।