एबी डे भिलियर्सले लिए सबै खाले क्रिकेटबाट सन्यास

एबी डे भिलियर्सले लिए सबै खाले क्रिकेटबाट सन्यास

एजेन्सीः दक्षिण अफ्रिकी क्रिकेटर एबी डे भिलियर्सले सबै खाले क्रिकेटबाट सन्यास लिएका छन्। शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले सबै खाले क्रिकेटबाट सन्यास लिएकाे जानकारी दिएका हुन्। 

३७ वर्षीय डे भिलियर्सले १७ वर्षयता अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका थिए। उनले दक्षिण अफ्रिकाका लागि कूल एक सय १४ टेस्ट, दुई सय २८ एकदिवसीय र ७८ टी २० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। 

उनले लेखेका छन्, 'आकस्मातकाे निर्णय भए पनि याे मैले स्वीकार्नुपर्ने यथार्थ हाे। र यसै कारण म आज याे घाेषणा गर्दैछु। मेराे समय सकिएकाे छ।'

क्रिकेट जगत्कै दिग्गज ब्याट्सम्यान मानिने डे भिलियर्सलाई 'मिस्टर ३६०' का नामले पनि चिनिन्छ। मैदानकाे चारैतिर छक्काचाैका प्रहार गर्न सक्ने उनकाे खुबीका कारण उनलाई याे उपनाम दिइएकाे हाे। 

डे भिलियर्सले आईपीएलमा राेयल च्यालेञ्जर्स बेंग्लाेरबाट खेल्दै आएका थिए।  

मंसिर ३, २०७८ शुक्रबार १३:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।