भारत सरकारले फिर्ता लियाे विवादास्पद 'कृषि नीति'

भारत सरकारले फिर्ता लियाे विवादास्पद 'कृषि नीति'

एजेन्सीः भारत सरकारले विवादित कृषि नीति फिर्ता लिएकाे छ। भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले तीन विवादास्पद कृषि नीति फिर्ता लिएकाे घाेषणा गरेका हुन्।

भारतमा किसानहरू विगत १२ महिनादेखि सरकारले ल्याएकाे कृषि नीति खारेज गरिनुपर्ने मागसहित आन्दाेलनरत थिए। 'किसान आन्दाेलन'का दाैरान नीतिबाट असन्तुष्ट किसानहरूले राजधानी दिल्ली घेरेका थिए।

यही नाेभेम्बर महिनाकाे अन्त्यमा सुरु हुन गइरहेकाे संसदकाे सत्रमा कानून फिर्ता लिने प्रधानमन्त्री माेदीले एक सन्देशमार्फत बताएका छन्।

किसानहरू नयाँ कानूनले व्यापारीलाई फाइदा हुने र आफ्नाे आम्दानीमा ह्रास आउने बताउँदै आएका थिए।

जानकारहरूले भने पञ्जाव र उत्तर प्रदेशमा हुन गइरहेकाे निर्वाचनका कारण माेदी सरकारले कृषि नीति फिर्ता लिएकाे हुनसक्ने बताउँछन्। ती राज्यमा किसानकाे सङ्ख्या अधिक छ।

यसअघि भारतकाे केन्द्रीय सरकारले भूमि अधिग्रहण कानून पनि फिर्ता लिएकाे थियाे।

मंसिर ३, २०७८ शुक्रबार १०:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।