आजबाट 'ए' डिभिजन लिग सुरु हुँदै, पहिलाे खेलमा सातदाेबाटाे र फ्रेन्ड्स भिड्ने

आजबाट 'ए' डिभिजन लिग सुरु हुँदै, पहिलाे खेलमा सातदाेबाटाे र फ्रेन्ड्स भिड्ने

काठमाडाैंः आजबाट शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल सुरु हुँदैछ। आजकाे पहिलाे खेलमा सातदाेबाटो युथ क्लब र फ्रेन्ड्स क्लब भिड्नेछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज अपराह्न ४:४५ बाट खेल सुरु हुनेछ। पहिलाे पटक ए डिभिजन लिग खेल्न लागेकाे सातदाेबाटो आज जितसहित प्रतियाेगिताकाे सुरुआत गर्न चाहन्छ भने फ्रेन्ड्स क्लब पनि पहिलाे खेलबाटै विजयी सुरुआत गर्न चाहन्छ।

सातदाेबाटो बी डिभिजन लिगकाे विजेता हुँदै ए डिभिजन लिगमा बढुवा भएकाे हाे। त्यसैकारण उच्च मनाेबलसहित आज मैदानमा उत्रने छ।

यस वर्ष कूल १४ टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

मंसिर ३, २०७८ शुक्रबार ०९:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।