खुकुरी हानेर २६ वर्षिय युवाको हत्या आरोपमा चार जना पक्राउ

प्रहरीले हत्या आरोपमा सुन्दरहरैचा नगरपालिका-७ बस्ने २१ वर्षीय विक्रम खड्का, बुढीगंगा गाउँपालिका-६ बस्ने २४ वर्षीय ईश्वर लिम्बु, सोही ठाउँ बस्ने २० वर्षीय सुदिप उराउ र १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो।
गत कात्तिक २८ गते बेलुका धारिलो हतियार खुकुरी प्रहारबाट गम्भीर घाइते भएका रिजनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनामा संलग्न रहेकाहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनीहरूमाथि जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान मुद्दामा ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
मंसिर २, २०७८ बिहीबार १७:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।