ओरालोतिर घरजग्गा कारोबार :  कहाँ घट्यो, कहाँ बढ्यो ?

ओरालोतिर घरजग्गा कारोबार :  कहाँ घट्यो, कहाँ बढ्यो ?

तरलता अभाव बढेसँगै बैङ्कहरूले आफू अनुकूल ग्राहकहरुलाई मात्र घर-जग्गा ऋण दिइरहेको छ। यसले पनि व्यवसाय अगाडि बढ्न सकेको छैन। यो बिचमा रेमिटेन्स समेत घट्दा त्यसको नकारात्मक प्रभाव घर-जग्गा कारोबारमा देखियो।

तथ्याङ्क अनुसार कात्तिकमा घर जग्गा कारोबारबाट पाँच अर्ब ४९ करोड ५१ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। जबकि सात अर्ब ३३ करोड रुपैयाँ सङ्कलन भएको थियो। असोजको तुलनामा राजश्व नै एक अर्ब ८३ करोड ५० लाख ४० हजार रुपैयाँ घट्यो।

काठमाडौँ उपत्यकाका नौ वटा मालपोत कार्यालयहरूले कात्तिकमा दुई अर्ब ३५ करोड ५२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेका छन्।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार ललितपुरको लगनखेल मालपोत कार्यालयले करिब ५७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। भक्तपुरको मालपोत कार्यालयले ३४ करोड, काठमाडौँको डिल्लीबजार मालपोत कार्यालयले ४७ करोड र चाबहिलको मालपोत कार्यालयले ३१ करोड राजस्व सङ्कलन गरेको छ।

काठमाडौँकै कलङ्की मालपोत कार्यालयले ३४ करोड, साँखुले १२ करोड, मनमैजुले ११ करोड र टोखाले आठ करोड रुपैयाँ राजस्व सङ्कलन गरेका छन्। गोटीखेलले चार लाख ८० हजार रुपैयाँ मात्र राजश्व उठाएको छ।

मंसिर २, २०७८ बिहीबार १७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।