ताेलामा दुई सयले बढ्यो सुन

काठमाडाैंः नेपाली बजारमा आज सुनकाे मूल्य ताेलामा दुई सय रुपैयाँले वृद्धि भएकाे छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० कायम भएको छ।
बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३०० मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९४ हजार तोकिएको छ। आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ। चाँदीकाे मूल्य प्रतितोला एक हजार २८० ताेकिएकाे छ।
मंसिर २, २०७८ बिहीबार ११:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।