क्यानेडामा शक्तिशाली आँधी, आपत्काल घाेषणा

एजेन्सीः क्यानेडाकाे पश्चिमी प्रान्त ब्रिटिस काेलम्बियामा आपत्काल घाेषणा गरिएकाे छ। भीषण आँधीका कारण रेल र सडकमार्गमा समेत क्षति पुगेपछि आपत्काल घोषणा गरिएकाे हाे।
साे स्थानमा आइतबारयता आएकाे आँधीमा फसेका हाल हजाराैं स्थानीयकाे उद्धारका लागि हाल क्यानेडेली सशस्त्र बल परिचालन गरिएकाे छ। आँधीका कारण आएकाे पहिराेमा परी एक जनाकाे मृत्यु भएकाे छ भने दुई जना बेपत्ता छन्।
क्यानेडेली अधिकारीहरूका अनुसार एट्मस्पेरिक रिभरका कारण यस्ताे आँधी आएकाे हाे। एट्मस्पेरिक रिभर वायुकाे यस्ताे प्रकारहाे जसले उष्ण क्षेत्रबाट अन्य स्थानमा अत्याधिक मात्रामा पानी लैजान्छ। एट्मस्पेरिक रिभरका कारण सामान्य अवस्थामा एक महिनामा हुने वर्षा क्यानेडामा २४ घण्टामै भएकाे थियाे।
जलवायु परिवर्तन पनि यसकाे प्रमुख कारण मानिएकाे छ।
मंसिर २, २०७८ बिहीबार १०:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।