राेनाल्डो र लेवान्डोस्कीलाई पछि पार्दै मेस्सीले जिते बेस्ट प्लेयर अवार्ड

राेनाल्डो र लेवान्डोस्कीलाई पछि पार्दै मेस्सीले जिते बेस्ट प्लेयर अवार्ड

एजेन्सीः विश्व चर्चित खेलाडी लियाेनल मेस्सीले बेस्ट प्लेयर अवार्ड जितेका छन्। अर्जिटिनी फुटबल टीमका कप्तान तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लियोनल मेस्सीले गोल५० बेस्ट प्लेयर अवार्ड जितेका हुन्।

मेस्सीले परस्पर प्रतिद्वन्द्वी क्रिस्टियानाे राेनाल्डोलाई केवल २४ मतकाे अन्तरले पराजित गरेका हुन्। यस्तै गाेल५० अवार्डमा राेबर्ट लेवान्डोस्की तेस्राे स्थानमा छन्।

गोल डटकमले प्रदान गर्ने पुरस्कारमा मेस्सीले सर्वाधिक धेरै मत प्राप्त गर्दै २०२१को अवार्ड जितेका हुन्। अर्जेन्टिनालाई यसै वर्ष काेपा अमेरिका जिताएका मेस्सीकाे याे पाँचाैं गाेल५० बेस्ट प्लेयर अवार्ड हाे। याेसँगै मेस्सीले सर्वाधिक गाेल५० जित्ने सूचीमा राेनाल्डोकाे कीर्तिमान पनि बराबरी गरेका छन्।

विश्वभरिबाट झण्डै एक कराेड ४० लाखले पुरुषतर्फकाे यस अवार्डका लागि मत जाहेर गरेका थिए। यस्तै महिलातर्फ यस वर्षकाे अवार्ड बार्सिलोनाकी मिडफिल्डर एलेक्सिया पुटेलासले प्राप्त गरेकी छिन्।

नतिजा प्रकाशन हुनुभन्दा २४ घण्टा पहिलेसम्म पनि राेनाल्डो अग्रस्थानमा थिए। तर अन्तिम समयमा मेस्सीले कूल ५०.१ प्रतिशत मत ल्याएर अवार्ड जितेका हुन्।

अवार्डकाे चाैथाेमा माेहम्मद सलाह र पाँचाैंमा किलियन एम्बापे परेका छन्।

मंसिर २, २०७८ बिहीबार ०७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।