एक खेल नखेल्दै महिला टिमले जित्यो टी-२० सिरिज

एक खेल नखेल्दै महिला टिमले जित्यो टी-२० सिरिज

काठमाडौँ : एक खेल खेल्न बाँकी हुँदै नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो अन्तर्राष्ट्रिय टी-२० सिरिज जितेको छ। कतार विरुद्ध नेपालले सिरिज जितेको हो।

पहिलो खेलमा नेपालले कतारलाई ११९ रनले पराजित गरेको थियो ।बुधवार भएको दोस्रो खेलमा नेपालले कतारलाई ६१ रनले पराजित गरेर सिरिज जित्यो। तेस्रो खेल बिहीबार हुँदैछ।

बुधवार दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियम दोस्रो खेल भएको थियो।टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको थियो ब्याटिङ गर्दै नेपालले ६ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो।
खेलमा नेपालले १ सय ३० रनको चुनौती दिएको थियो। नेपालको लक्ष्य पछ्याएको कतार १९.३ ओभरमा ६८ रनमा अलआउट भएर पराजित भयो। 

मंसिर २, २०७८ बिहीबार ००:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।