मारुतीसहित तीन सिमेन्टको गुणस्तर कम भएको भन्दै विक्री गर्न रोक

काठमाडौँ : गुणस्तर तथा नापतौल विभागले गुणस्तर कम भएको भन्दै तीन सिमेन्ट उद्योग गलाई कारबाही अगाडि बढाएको छ।
विभागले मारुती, जगदम्बा र युनाइटेड सिमेन्ट उद्योगलाई उत्पादनमा कम गुणस्तर पाइएको भन्दै १५ दिनको स्पष्टीकरण सोधेको हो।
मारुती सिमेन्टको नमुनामा कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको विभागले जानकारी दिएको छ।
अन्य दुई उद्योगको नमुनामा पनि मापदण्ड अनुसार कम्प्रेसिभ स्ट्रेन्थ नरहेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। स्पष्टीकरण सोधेसँगै विभागले तीन वटै सिमेन्टको बिक्रीबितरणमा रोक लगाएको छ।
मंसिर १, २०७८ बुधबार १९:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।